कोरोना भएको सिफारिसका लागि ६ सय रुपैयाँ लिंदै भरतपुर महानगर


२२ कार्तिक २०७७, शनिबार
bharatpur2020 11 07 05 25 56

चितवन, २२ कार्तिक । कोरोना भाइरस संक्रमण भएको सिफारिसका लागि स्थानीय सरकारले शुल्क लिन थालेका छन् । चितवनको भरतपुर महानगरपालिकाले कोरोना निको भएको सिफारिसमा शुल्क लिएको छ ।

कोरोना बिमाको रकमका लागि संक्रमित भएको सिफारिस लिन वडा कार्यालय पुगेका एक जनाबाट भरतपुर महानगरले ६ सय रुपैयाँ शुल्क लिएको छ । आफ्नै खर्चमा उपचार गरेर निको भएका भरतपुर–९ का एक जना शुक्रबार वडा कार्यालय पुगेका थिए । उनीसँग वडा कार्यालयले निवेदन दस्तुर भनेर २५ रुपैयाँ र अन्य दस्तुर भनेर पाँच सय ७५ रुपैयाँ लिएको छ ।

कोरोना बिमा दाबी गर्न र कार्यालयको बिदा मिलाउन कोरोना संक्रमित भएको स्थानीय सरकारबाट सिफारिस लिनुपर्छ । त्यस्तो रिफारिस लिँदा वडा कार्यालयहरूले ६ सय रुपैयाँ शुल्क लिने गरेका हुन् ।

भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले सिफारिस शुल्क लिने गरेको स्विकारे । बिमा गर्ने वेला शुल्क नलिएको र त्यसको भुक्तानी लिने वेला शुल्क लिने गरेको उनको भनाइ छ । ‘बिमा गर्ने समयमा पनि स्थानीय तहको सिफारिस आवश्यक पर्छ, हामीले त्यतिवेला निःशुल्क गर्छौँ,’ जोशीले भने, ‘बिमाको भुक्तानी लिने वेलाको सिफारिसमा शुल्क लिने गरेका हौँ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७