फ्रान्समा एकै दिन ६० हजार संक्रमित, अस्पतालहरु भरिए, लकडाउन दोस्रो हप्तामा


२२ कार्तिक २०७७, शनिबार
France

काठमाडौं, २२ कार्तिक । युरोपेली मुलुक फ्रान्समा कोरोना भाइरस संक्रमितको संख्या एकै दिन ६० हजार नाघेको छ । जुन युरोप भरिको तथ्यांकमा सबैभन्दा उच्च हो ।

जोन हप्किन्स युनिभर्सिटीले फ्रान्समा कोरोना भाइरसको संक्रमण उच्च बिन्दुमा पुगेको जनाउँदै सतर्कता नअपनाए स्थिती भयावह अवस्थामा पुग्ने चेतावनी दिएको छ ।

फ्रान्समा कोरानाका कारण एकै दिन ८ सय २८ जनाको मृत्यु भएको छ । कोराना नियन्त्रणका लागि राष्ट्रपति इमानुएल म्याक्रोंले गत साता लागु गर्नुभएको लकडाउनका बीचमै संक्रमितको संख्या दिनानु दिन बढ्दै गएको छ ।

फ्रान्सका अधिकांश अस्पतालहरु संक्रमितहरुले खचाखच भरिएका छन् । हजारौं संक्रमितहरु सडकमा खुलेआम हिडेका कारण पनि संक्रमण दर उच्च गतिमा फैलिरहेको अनुमान गरिएको छ ।

हाल फ्रान्समा जारी लकडाउनका बीच शैक्षिक संस्थाहरुमा अनलाइन कक्षा सञ्चालन भइरहेका छन् भने रेष्टुराँ, होटल, कलकारखाना र अत्यावशकीय बजार बाहेक अन्य बजारहरु पूर्ण रुपमा बन्द रहेका छन् ।

फ्रान्समा कोरोनाले हालसम्म ३९ हजार ८ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १६ लाख ६१ हजार ८ सय नाघेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७