ट्रम्प दम्पतीले भने, ‘बाइडेन विजयी भएको मान्दैनौं, सबै वैध भोट गन्ती होस्’


२४ कार्तिक २०७७, सोमबार
2019 03 20 68096 1553062823. large

काठमाडौं, २४ कार्तिक । राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पले अमेरिकी चुनावबारे केही मिनेटको अन्तरमा ट्वीट गर्दै चुनावको नतिजा खारेज गरेका छन् ।

आइतबार ट्रम्प भर्जिनियाको गोल्फ क्लबमा थिए जहाँ उनले बाइडेनलाई बिजेता बताएकोमा मिडियामाथि निशाना साँधे । ट्रम्पले भने, ‘मिडियाले कहिलेदेखि निश्चित गर्न थाल्यो कि हाम्रो अर्को राष्ट्रपति को हुनेछ । पछिल्लो दुई हप्तामा हामी सबैले धेरै कुरा सिकेका छौं ।’

t

त्यसको केही मिनेटअघि मात्रै ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पले एक ट्वीट गरेकी थिइन् जसमा उनले सबै भोटको गन्ती हुनुपर्ने माग राखेकी थिइन् ।

m

सीएनएनमा एक अपुष्ट रिपोर्ट प्रकाशित भएपछि मेलानिया ट्रम्पले ट्वीट गरिन्, ‘अमेरिकीलाई पारदर्शी तरिकाले गरिएको चुनावको अधिकार छ । सबै वैध भोटको गन्ती होस् ।’
सीएनएनको रिपोर्टमा मेलानिया ट्रम्पले डोनल्ड ट्रम्पलाई चुनावको नतिजा मान्न आग्रह गरिरहेको दाबी गरिएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७