कांग्रेस केन्द्रीय समितिको बैठक २८ गतेका लागि सर्‍यो


२६ कार्तिक २०७७, बुधबार
congress

काठमाडौं, २६ कार्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार (कार्तिक २८ गते) बस्ने भएको छ ।

यसअघि बिहीबारका लागि तोकिएको बैठक शुक्रबार बस्ने गरी तोकिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना प्रकाशित गरी बिहीबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक शुक्रबार दिनको १ बजे बस्ने जानकारी दिएका छन् ।

सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि आग्रह गरिएको छ । सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि आग्रह गरिएको छ ।

यस अघि १९ असोजमा बस्ने भनिएको बैठक नेताहरुलाई कोरोना देखिएपछि २५ असोजका लागि बैठक सारिएको थियो । २५ असोजमा पनि केन्द्रीय समिति बैठक बस्न सकेन। त्यसपछि २१ कात्तिकमा बस्ने गरी बैठक बोलाइएको थियो । सो दिन पनि बैठक बस्न नसक्ने भएपछि २७ गतेका लागि तोकिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७