राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?


२९ कार्तिक २०७७, शनिबार
kp

काठमाडौं, २९ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चरम विवाद बढिरहेका बेला प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

प्रमुख प्रतिपक्षी दल मात्र सत्तारुढ दलकै कतिपय नेताहरुले नेकपाभित्रको विवादमा राष्ट्रपतिको एक पक्षीय सक्रियता बढेको भन्दै आलोचना गरिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो । करिब एक घण्टाअघि भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपाभित्र देखा परेको संकटका बारेमा कुराकानी भएको बताइएको छ ।

नेकपाभित्रको विवाद चराम विन्दुमा पुग्दै अहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच ‘पत्र युद्ध’ मा आइपुगेको छ । राष्ट्रपति भण्डारीले नेकपाभित्रको विवाद समाधानमा भूमिका निर्वाह गर्न उपाध्यक्ष गौतमलाई गरेको आग्रहको आलोचना भएको थियो ।

पार्टी अध्यक्ष समेत रहेका ओलीविरूद्ध अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रतिवेदनका नाममा अभियोग पत्र नै पेस गरेको भन्दै ओली रुष्ट बनेका छन् । उनी निकट नेताहरूले राजनीतिक प्रतिवेदन नै मान्न नहुने बताउँदै छलफल गर्न नहुने बताइरहेका छन् । ओली पनि कसरी अगाडि बढ्ने भनेर परामर्श गरिरहेका छन् । शनिबार मात्रै उनले आफू निकट नेताहरूसँग बालुवाटारमा परामर्श गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७