तिहारकै दिन दुर्घटनामा सञ्चारकर्मी मनिषाको मृत्यु, दाइ घाइते


२ मंसिर २०७७, मंगलवार
4a6134cfa30192972e36b051de09d3d0 w1000 h500 cp

दाङ, २ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीकी सञ्चारकर्मी मनिषा लामिछानेको सवारी दुर्घटनामा परी सोमबार ज्यान गएको छ ।

बिजौरीबाट उनी कार्यरत रेडियो हाम्रो पहुँचमा आउँदै गरेको रा १ प ६७२१ नम्बरको मोटरसाइकललाई तुलसीपुरको गुल्म चोकमा लुअक ३९४६ नम्बरको स्कारपिओ गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक विराज लामिछाने र उनकी बहिनी मनिषा घाइते भएका थिए ।

दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको थियो । मनिषाको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
मनिषा दाङको तुलसीपुरबाट प्रसारण हुने रेडियो हाम्रो पहुँचमा सहायक प्राविधिक पदमा कार्यरत थिइन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले ठक्कर दिने गाडी र चालक अहिले नियन्त्रणमा रहेको बताए । घाइते बिराजको भने कोहलपुरमै उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७