विश्वमा एकै दिन थपिए पाँच लाख ९४ हजार कोरोना संक्रमित, ९,९८९ को मृत्यु

अमेरिकामा एकै दिन एक लाख ६४ हजार बढी संक्रमित, भारतको अहमदाबादमा कर्फ्यु


५ मंसिर २०७७, शुक्रबार
2020 11 20 cc

काठमाडौं, ५ मंसिर । पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ९४ हजार ५४२ जना कोरोना संक्रमित थपिएका छन् । विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार हालसम्म कूल कोरोना संक्रमितको संख्या ५ करोड ५९ लाख २८ हजार ३२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ९८९ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ४४ हजार ३ जनाको मृत्यु भइसकेको छ । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायत देशमा भएको छ ।

अमेरिकामा २४ घण्टामा एक हजार ५८२ संक्रमितको मृत्यु
अमेरिकामा पछिल्लो २४ घण्टामा एक हजार ५८२ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार अमेरिकामा हालसम्म २ लाख ४६ हजार ७४६ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

हालसम्म अमेरिकामा एक करोड १२ लाख ४९ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ६४ हजार ४४ जना संक्रमित थपिएका छन् ।

भारतको अहमदाबादमा आजदेखि कर्फ्यु
भारतको अहमदाबादमा आजदेखि रातको समयमा कर्फ्यु लगाइने भएको छ । अहमदाबादमा कोरोना सङ्क्रमण बढ्दै गएकाले गुजरात सरकारले रातको समयमा कर्फ्यु लगाउने निर्णय गरेको समाचार एजेन्सी पीटीआईले जनाएको छ । अहमदाबाद गुजरात राज्यको सबैभन्दा ठूलो शहर हो । कर्फ्यु राति नौ बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेछ । कर्फ्यु कहिलेसम्म लागू हुन्छ भन्नेबारेमा खुलाइएको छैन ।

अहमदाबादमा अहिलेसम्म ४६ हजारभन्दा धेरै सङ्क्रमित भइसकेका छन् । गुजरातको स्वास्थ्य मन्त्रालयका अनुसार गुजरातमा कोरोना सङ्क्रमितको संख्या झण्डै २ लाख नजिक छ । त्यहाँ एक लाख ९२ हजार ९ सयभन्दा धेरै सङ्क्रमित भैसकेका छन् ।

यस्तै ३ हजार ८३० जनाको ज्यान गइसकेको छ । यसअघि भारतको दिल्ली सरकारले सार्वजनिक ठाउँमा मास्क नलगाउनेलाई २ हजार भारतीय रुपैयाँ जरिवाना तिराइने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७