१,९४५ जना कोरोना संक्रमित थपिए, ५,३६४ जना निको, २२ को मृत्यु


५ मंसिर २०७७, शुक्रबार
korona

काठमाडौं, ५ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा १९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।

आज देशभर २४ हजार ६ सय ६५ जना सक्रिय संक्रमित छन् । आज देशभर २२ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार २९८ जना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७