फूर्किमा शेर्पा अभिनित नयाँ गीत सार्वजनिक


३० कार्तिक २०७७, आईतवार
chiyaer herne aakha ramro

काठमान्डौं, १ मंसिर । कलाकार फूर्किमा शेर्पा अभिनित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आइतबार लाजिम्पाट स्थित होटल सम्पदा गार्डेनमा एक कार्यक्रम गरि उनी अभिनित ‘चिहाएरर हेर्ने आँखा राम्रो’ गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतलाई शेर्पा समुदायको नव गायक पासाङ दोर्जी शेर्पाले स्वर दिएका छन् । भने थिर थापा मगरको शब्द रहेको गीतको संगीत पदम राजन मगरले गरेका छन ।

शेर्पा संचार समुहको निर्वतामान अध्यक्ष समेत रहेको फूर्किमा शेर्पाले अभिनय गरेको भिडियोमा मिक्सङ मुस्कान मुकारुङले गरेको छ। भिडियोको प्रमुख अभिनय फुर्किमा शेर्पा र पासाङ दोजी शेर्पाले गरेको छ भने आङ दावा शेर्पा, छिरिङ दावा शेर्पा, आङ छिरिङ शेर्पा, फूर्वा डोमा शेर्पा, ल्हाक्पा डोमा शेर्पाले सहायक अभिनयको भूमिका निर्वाह गरेका छन् ।

मिङमा शेर्पाले डाएरेक्सन रहेको भिडियोको कलर सम्पादनमा मिङमा शेर्पाले गरेका हुन् । म्यूजिक भिडियोको छाँयाकन सोलुखुम्बुको विभिन्न स्थानमा गरिएको छ । भने माई क्रेसन मिडिया युटुव च्यानलबाट राखिएको छ ।

भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७