अफगानिस्तानको राजधानीमा २३ वटा रकेट बम आक्रमण, ८ जनाको मृत्यु


६ मंसिर २०७७, शनिबार
80c668261cae21c4bbddeb643c048801 w1000 h500 cp

काठमाडौं, ६ मंसिर । अफगानिस्तानको राजधानी काबुलमा शनिबार २३ वटा रकेट बम आक्रमण भएको छ ।

अफगान सरकारका अनुसार २३ वटा रकेट बम राजधानीमा प्रहार हुँदा ८ जनाको मृत्यु भएको छ । यस आक्रमणमा ३१ जना घाइते भएको समाचार त्यहाँको गृह मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता तारिक एरिएनले यस आक्रमण तालिबान समूहले गरेको आरोप लगाएका छन् । तालिबानले भने यस आक्रमणमा आफ्नो संलग्नता नभएको जनाएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७