प्रधानमन्त्री आज इलाम–ताप्लेजुङ जाँदै


८ मंसिर २०७७, सोमबार
kp oli

काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आज इलाम र ताप्लेजुङ जाँदैछन् ।
इलाम र ताप्लेजुङमा भइरहेका विकास निर्माणका कामको अवस्थाबारे अवलोकन गर्न प्रधानमन्त्री ओली आज बिहान त्यसतर्फ जाने तयारीमा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ताप्लेजुङको घुम्चामा निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरेर प्रधानमन्त्री ओली इलाम जानेछन् । इलाममा पनि सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम छ । इलामको सन्दकपुरमा बीओपी निर्माण भएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि ओली दोस्रो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई पनि ताप्लेजुङ र इलाम भ्रमणमा निस्कने छन् । गएको कात्तिक २६ गते पनि ओलीले संखुवासभाको किमाथांकालगायत क्षेत्रको विकास निर्माणको अवलोकन गरेका थिए । त्यहाँ पनि बीओपीको निरीक्षण गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७