सूर्यबहादुर केसीको ठाउँमा मोहनप्रसाद पाण्डेले आज सांसदको शपथ लिंदै


८ मंसिर २०७७, सोमबार
2020 11 23 Mohan Prasad Pandey

काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजे संघीय संसद सचिवालय सिंहदरबारमा उनलाई शपथ गराउने छन् ।

समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य स्याङ्जाका पाण्डेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउन लागेका हुन् । कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधनपछि रिक्त रहेको स्थानमा पाण्डे सांसद नियुक्त भएका हुन् ।

खस आर्य समावेशी समूहअन्तर्गत सांसद रहेका केसीको निधनपछि रिक्त पदमा पाण्डे निर्वाचित रहेको पत्र निर्वाचन आयोगले शुक्रबार संसद सचिवालयलाई पठाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७