बेवारिसे अवस्थाको १८ गोलिया खयरको काठ बरामद


८ मंसिर २०७७, सोमबार
TO Kailali KathkoJhyalDokhaBaramad

कञ्चनपुर, ८ मंसिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा १८ गोलिया बेवारिसे अवस्थाको काठ बरामद गरिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालयका रेञ्जर अनिल रसाइलीको टोलीले आइतबार साँझ खयर प्रजातिको काठ बरामद गरेको हो ।

बरामद काठबारे छानबिन भइरहेको रेञ्जर रसाइलीले बताए । ‘कानूनअनुसार निकुञ्जको अनुमति बिना खयर प्रजातिको काठ बेच्न पाइँदैन’, उनले भने, ‘काठ अनुमति बिना बिक्री वितरण गरेको पाइए बिगोअनुसार जरिवाना हुन्छ ।’

बरामद काठ निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको नागेश्वर सामुदायिक वनको रहेको बताइएको छ । बरामद काठलाई निकुञ्ज कार्यालयले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७