पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा पाइलटको मृत्यु, काठमाडौंकी युवतीको अवस्था गम्भिर


८ मंसिर २०७७, सोमबार
784 Shares
paragliding

पोखरा, ८ मंसिर । पोखरामा आज (सोमबार) ल्याण्डिङ गर्ने क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको ज्यान गएको छ ।

पोखरा–२८ कालीकाका ३८ वर्षीय राजु नेपालीको मृत्यु भएको हो । दुर्घटनामा यात्रु काठमाडौं बूढानीलकन्ठ नगरपालिका–२ की २८ वर्षीया शीला श्रेष्ठ घाइते भएकी प्रहरीले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार फेवातालको सिरान खपौदी क्षेत्रमा ल्याण्ड गर्ने क्रममा सोमबार दिउँसो ल्यान्डिङ एरिया भन्दा झन्डै डेढ किलोमिटर माथि जमिनमा प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो ।

दुवै जनालाई उपचारका लागि सिर्जना चोकस्थित मेट्रोसिटी अस्पताल पुर्‍याइएकोमा नेपालीलाई चिकित्सकले मृत घोषण गरेका थिए । छाती र खुट्टामा चोट लागेकी घाइते श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७