नेपालमा ९१ प्रतिशत संक्रमणमुक्त, सार्कमा चौथो स्थानमा


९ मंसिर २०७७, मंगलवार
98 Shares
korona

काठमाडौं, ९ मंसिर । सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ । भुटान, भारत र माल्दिभ्सपछि नेपालमा संक्रमित संक्रमणमुक्त हुनेको संख्या उल्लेखनीय रहेको छ ।

हालसम्म नेपालमा कुल संक्रमितमध्ये ९० दशमलव ९० प्रतिशत संक्रमणमुक्त भएका छन् । देशभर २ लाख २२ हजार २ सय ८८ संक्रमितमध्ये २ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म १ हजार ३ सय ३७ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

देश संक्रमणमुक्त (प्रतिशतमा)
भुटान ९४.२४
भारत ९३.६७
माल्दिभ्स ९१.९९
नेपाल ९०.९०
पाकिस्तान ८७.७८
बंगलादेश ८१.०१
अफगानिस्तान ७९.९६
श्रीलंका ७१.८७

वल्र्डमिटरका अनुसार सबैभन्दा धेरै भुटानमा कुल संक्रमितमध्ये ९४ दशमलव २४ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल ३ सय ८२ जना संक्रमितमध्ये ३ सय ६० जना संक्रमणमुक्त भएका छन् । भुटानमा हालसम्म मृत्युदर शून्य रहेको छ ।

jagdamba.cement
rbbbb

वल्र्डमिटरका अनुसार संक्रमणमुक्त हुनेमध्ये दोस्रो स्थानमा भारत पर्छ । भारतमा कुल संक्रमितमध्ये ९३ दशमलव ६७ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल ९१ लाख ४० हजार ३ सय १२ जना संक्रमितमध्ये ८५ लाख ६२ हजार ६ सय ४१ जना संक्रमणमुक्त भएका छन् । भारतमा हालसम्म कोरोना संक्रमणबाट १ लाख ३३ हजार ७ सय ७३ जनाको मृत्यु भएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७