पाल्पामा ट्याक्टर दुर्घटना : एकको मृत्यु, तीन घाइते


१० मंसिर २०७७, बुधबार
accident tracktor 1

पाल्पा, १० मंसिर । पाल्पामा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्लाको रैनादेवि छहरा गाउँपालिका–६ चहलासिमलस्थित भित्री कच्ची सडक खण्ड दमारबाट माईटोलतर्फ जाँदै गरेको लु ३ त ७१५६ नम्वरको ट्याक्टर अनियन्त्रित भइ सडकदेखि १० मिटर तल खस्ता एक जनाको घटनास्थलमै ज्यान गएको हो ।

पाल्पाका प्रहरी प्रवक्ता डिएसपी मदन गिरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सोही गाउँपालिका–६ का १९ वर्षीय रमन भट्टराई हुन् । उनी त्यस ट्याक्टरका सहचालक थिए ।
घाइते हुनेहरुमा सोही स्थानका १६ वर्षीया रक्षा केसी, १५ वर्षीया सविक्षा केसी र १४ वर्षीय विकास रायमाझी रहेका छन् । उनीहरुलाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७