कोरोनाबाट योजना आयोगका पूर्व उपाध्यक्ष शाक्यको निधन

काठमाडौं, ११ मंसिर । कोरोना भाइरस संक्रमणबाट अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको निधन भएको छ ।
कोरोना संक्रमित उनको मेडिसीटी अस्पतालमा निधन भएको हो । सरकारका पूर्व सचिव समेत रहेका डा. शाक्य २०७० जेठमा योजना आयोगका उपाध्यक्ष भएका थिए ।