टिग्रेमा आक्रमण गर्ने इथोपिया सरकारको घोषणा, सर्वसाधारणलाई घर बाहिर ननिस्कन निर्देशन


११ मंसिर २०७७, बिहीबार
279a7de05bd57f3cc7c79fa1da7936bf w1000 h500 cp

काठमाडौं, ११ मंसिर । इथोपिया सरकारले टिग्रेमा आक्रमण गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री अबी अहमदले द्वन्द्वरत क्षेत्र टिग्रेको राजधानी मेकेलीमा विद्रोहीविरुद्ध आक्रमण गरिने बताउँदै त्यहाँका सर्वसाधारणलाई घरभित्रै बस्न निर्देशन दिएका छन् ।

नोबल शान्ति पुरस्कार विजेता अहमदले सेनाले सर्वसाधारणलाई कुनै हानी नपुर्‍याउने बताएका छन् । टिग्रेमा रहेका विद्रोहीलाई आत्मसमर्पण गर्ने समय सीमा सकिँदा समेत उनीहरुले आत्मसमर्पण नगरेपछि आक्रमण गर्न लागिएको बीबीसीले जनाएको छ ।

पछिल्लो समय टिग्रेमा टीपीएलएफ विद्रोही समूहले हिंसात्मक गतिविधि जारी राख्दा यहाँका सयौं नागरिक मारिएका छन् । हजारौं टिग्रे छाडेर भाग्न बाध्य भएका छन् । अहिले टिग्रेमा सञ्चारको सबै सुविधालाई बन्द गरिएको छ । टिग्रेको राजधानी मिकेलीमा ५ लाख जनसंख्या छ । यहाँ आक्रमणको अन्तिम तयारी भइरहेको सरकरको भनाइ छ ।

यहाँको शक्तिशाली धार्मिक पार्टी डेब्रिटसन गेब्रिमाइकलले टीपीएलफका शक्ति आफ्नो क्षेत्र रक्षा गर्न मर्न तयार भएको बताएको छ । यहाँ २ लाख ५० हजार टीपीएलएफ लडाकु भएको आशंका गरिएको छ । टिग्रे प्रान्त र केन्द्र सरकारबीचको टकराबका कारण द्वन्द्व निम्तिएको बताइएको छ ।

सन् २०१८ मा अबि अहमद यहाँको राष्ट्रपति हुन अगाडि हाल विद्रोहमा उत्रिएको टीपीएलएफले एक दशकसम्म यहाँको सेना र राजनीतिमा बर्चस्व कायम गरेको थियो । यसै वर्षको सेप्टेम्बरमा कोरोना प्रकोपबीच टिग्रेमा क्षेत्रीय निर्वाचनको आयोजना गरिएको थियो । राष्ट्रपतिले यस निर्वाचनलाई अवैधानिक भनेका थिए ।

नोभेम्बर ४ मा केन्द्र सरकारले टीपीएलएफलाई सैन्य अखडामा आक्रमण गरेर हतियार लुटपाट गरेको आरोप लगाएपछि यहाँ विवाद निम्तिएको हो । टीपीएलएफले आक्रमण गरेको विषय झुठो भएको बताएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७