नेकपा नेता रघुजी पन्त अस्पताल भर्ना


१२ मंसिर २०७७, शुक्रबार
Raghuji Panta

काठमाडौं, १२ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता रघुजी पन्त स्वास्थ्यमा समस्या आएका कारण अस्पताल भर्ना भएका छन् ।

नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्त पेटमा समस्या आएपछि काठमाडौंको मोडेल अस्पतालमा भर्ना भएका हुन् । पन्तलाई पेटसम्बन्धी समस्या भएकाले काठमाडौंको मोडेल अस्पतालमा भर्ना गरिएको छ । उनलाई बुधबार साँझ भर्ना गरिएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।

अहिले नेता पन्तको स्वास्थ्यमा सुधार हुँदै गएको र एक हप्ता अस्पतालमै बस्न डाक्टरले सुझाव दिएको नेता रिजालले बताएका छन् ।

‘उहाँको स्वास्थ्य सुधार हुँदै गएको छ तर डाक्टरले एक हप्ता अस्पतालमा आराम गर्न सुझाव दिएका छन्’, रिजालले भने । पित्तथैलीको पत्थरीले नलीमा अवरोध भएपछि पन्तमा संक्रमण देखिएको हो । जन्डिस भएपछि उपचार गर्न बुधबार उनी मोडल अस्पताल पुगेका थिए ।

पन्तलाई अस्पतालले अब्जर्भेसनका लागि राखेको थियो । प्याङक्रियाजमा समेत संक्रमण देखिएको जनाइएको छ । ‘पित्तथैलीमा रहेको पत्थरीले गर्दा समस्या उत्पन्न भएको हो’, पन्तले भने, ‘जन्डिस भएपछि उपचार गर्नका लागि आएको थिएँ । संक्रमण देखिएकाले उपचारका लागि भर्ना गरिएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७