नेपाल–भारत सम्बन्धका चार खम्बामा जोड दिउँ : भारतीय विदेश सचिव श्रृंगला

‘जब काेराेना खोप आउँछ, नेपालको आवश्यकता पूरा गर्ने भारतकाे प्राथमिकता हुनेछ’


१२ मंसिर २०७७, शुक्रबार
Pro KTM SecretarySringalaHandoverInjectionSambodhane

काठमाडौं, १२ मंसिर । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपाल– भारत सम्बन्धका चार वटा खम्बाको रुपमा रहेका क्षेत्रहरुलाई प्राथमिकतामा राखिनु पर्ने बताएका छन् ।

उनले विकास सहायता, अझ मजबुत कनेक्टिभिटी, वृहत पूर्वाधार र आर्थिक परियोजनाहरु नेपाल र भारत सम्बन्धका चार खम्बा भएको बताउँदै यिनै विषयलाई प्राथमिकता दिनुपर्ने कुरा बताएका छन् ।

उनले भारतले नेपालमा आफ्ना कार्यक्रमहरु चयन गर्दा नेपालको प्राथमिकताका आधारमा काम गर्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री मोदीको ६ वर्षपहिले प्रधानमन्त्रीको रुपमा भएको पहिलो नेपाल भ्रमणपछि नेपाल भारतबीच बिभिन्न तहका बैठक र संयन्त्रहरु नियमित र थप क्रियाशिल भएको उनले बताए ।

नेपाल र भारतबीच रहेको जनस्तरको सम्बन्ध र आपसी हितलाई मध्यनजर गरेर द्विपक्षीय सहायता तथा सहकार्यलाई अघि बढाइने भारतीय विदेशसचिव श्रृंगलाले बताएका छन् ।
श्रृंगलाले एआईडीआईए नामक संस्थाले आयोजना गरेको संवाद कार्यक्रममा शुक्रबार बिहान यस्तो बताएका हुन् ।

उनले नेपाल र भारत दुवै देशका नयाँ पुस्ताको आकांक्षा अनुसार डिजिटल टेक्नोलोजीमा पछिल्ला वर्षमा विकासलाई आत्मसात् गर्दै दुई पक्षीय सहकार्यलाई विकास गर्दै लैजानुपर्ने उनको धारणा थियो ।

श्रृंगलाले नेपाल र भारत सँगै काम गर्न आवश्यक रहेको बताएका छन् । श्रृखलाले दुई देशबीच सशक्त सहकार्यमुखी सम्बन्ध आवश्यक रहेको बताएका छन् । कोरोना महामारीमा पनि दुवै देशसँगै रहेको र मिलेर लड्नुपर्नेमा उनले जोड दिएका छन् । भारतले कोरोना खोपका लागि काम गरिरहेको भन्दै उनले भने, जब खोप आउँछ, नेपालको आवश्यकता पूरा गर्ने हाम्रो प्राथमिकता हुनेछ ।’

उनले काठमाडौंमा आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेट गर्नुका साथै आफ्ना समकक्षी परराष्ट्रसचिव भरतराज पौड्यालसँग द्विपक्षीय वार्ता गरेका थिए ।

ती सबै भेटवार्ताहरुमा भएको कुराकानीमा नेपाल र भारतबीच सम्बन्धबारे समान धारणा रहेको पाउँदा आफू उत्साहित भएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७