प्रत्येक शुक्रबार फुङ्लिङ बजार बन्द


१२ मंसिर २०७७, शुक्रबार
taplejung

ताप्लेजुङ, १२ मंसिर । प्रत्येक शुक्रबार बन्द हुँदै आएको फुङ्लिङ बजार आजदेखि सोही बारमा पुनः बन्द हुने भएको छ । चाडबाडलाई ध्यानमा राखी गत असोज १६ गते शुक्रबारदेखि खुला भएको बजार फेरि साप्ताहिकरुपमा बन्द हुनेछ ।

दशैं–तिहार–छठलगायत चाडपर्वलाई ध्यानमा राखी ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले साप्ताहिक बजार खुलाएको थियो । ‘अब फेरि बजार पसल प्रत्येक साताको शुक्रबार एक दिन बन्द हुनेछ’, सङ्घका कार्यकारी अधिकृत भीष्मराज बरालले बताए ।

सङ्घले चिसो मौसम शुरु भएकाले विभिन्न किसिमका सङ्क्रमणविरुद्ध विशेष सावधानी अपनाउन समुदायका सदस्यलाई आग्रह गरेको छ ।

वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले चिसो मौसम शुरु भएकाले रुघाखोकी, ज्वरोलगायत स्वास्थ्य समस्या देखापर्ने भएको सोविरुद्ध विशेष सावधानी अपनाउन आग्रह गरे । सुख्खा मौसममा आगलागी जस्ता विपद्का घटना समेत हुने भएकाले सतर्क र संवेदनशील रहन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७