डिआइजीमा बढुवा तयारी, को-को छन् प्रतिस्पर्धामा ?


१२ मंसिर २०७७, शुक्रबार
Nepal police

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीको डिआईजी बढुवाको तयारी थालेको छ । मन्त्रिपरिषद्ले एआइजीको एक र डिआइजीको पाँच दरबन्दी थप्ने निर्णय गरेको छ । थपिएको पाँच डिआइजीमा बढुवाको तयारी थालिएको गृुह मन्त्रालय स्रोतले जनाएको छ ।

एआइजी बढुवा तिव्र विवादमा आएपछि गृहले एआइजी बढुवा थाती राखेर डिआइजी बढुवाको तयारी गरेको हो ।

थपिएको एआईजीमा बढुवा गर्दा डिआईजीका नौ पद रिक्त हुनेमा त्यसमा बढुवा नभए आठ पद मात्र रिक्त हुनेछन् । आठ पदका लागि दुई दर्जन एसएसपीबीच बढुवाको प्रतिस्पर्धा छ ।

प्रहरी महानिरीक्षक शैलेश थापाको ब्याचबाट पुरुषोत्तम कँडेल, देवबहादुर बोहोरा, गणेश ऐर, दिलीप चौधरी, राजेशलाल कर्ण, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी, शेखर कोइराला, किशोर दाहाल, शौरभ राणा बढुवाका दाबेदार छन् ।

पछिल्लो ब्याचबाट दिवेश लाहेनी, मुकुन्द आचार्य, सुशील यादब, पूजा सिंह, नरबहादुर खत्री, मोहन आचार्य, नल प्रसाद उपाध्याय, बिक्रम चन्द, मसाउद आलम खाँ लगायत पनि प्रतिस्पर्धामा छन् ।

एआइजीमा बढुवा भने तत्काल नहुने भएको छ । हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीपछि आफूनिकटका प्रहरीलाई आइजिपी बनाउन एआइजीको दरबन्दी थपिएको बताइन्छ । त्यसका लागि डिआइजी विश्वराज पोखरेलले चलखेल गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७