पार्टीभित्र अन्तरसंघर्ष हुन्छ, कोही पनि आत्तिनु पर्दैन : वर्षमान पुन


१३ मंसिर २०७७, शनिबार
barsaman pun

काभ्रे, १३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा ऊर्जामन्त्री वर्षमान पुनले जीवन्त पार्टीभित्र अन्तरसंघर्ष हुने भन्दै कोही पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

कम्युनिस्ट पार्टीभित्र छलफल र बहस हुनु स्वाभाविक भएको भन्दै सबै समस्या छलफलबाटै समाधान हुने उनले बताएका छन् ।

शनिबार काभ्रेको पनौति जलविद्युत केन्द्रको निरीक्षणका लागि पुगेका पुनले पार्टीभित्रको अन्तरसंघर्षले अहिले सिंगो देश नै प्रभावित भएको भए पनि सबै समस्याको हल खोजिने बताए ।
पार्टी विभाजनको पक्षमा कोही पनि लाग्न नहुनेमा जोड दिँदै उनले जनमतको कदर गर्दै देश र जनताको पक्षमा काम गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७