इथियोपियाको टिग्रे क्षेत्र सरकारी सेनाको कब्जामा आएको प्रधानमन्त्रीको दाबी


१४ मंसिर २०७७, आईतवार
ethop

काठमाडौं, १४ मंसिर । इथियोपियाका प्रधानमन्त्री अबी अहमदले इथियोपियाको उत्तरी टिग्रे क्षेत्र पूर्ण सरकारी सेनाको कब्जामा आएको दाबी गरेका छन् ।

इथियोपियाको मेकेलेमा प्रवेश गर्दै सेना टिग्रेसम्म प्रवेश गरी आफनो नियन्त्रणमा लिएको प्रधानमन्त्री अबीकोे भनाइ छ । विगत तीन सातादेपखको संघर्ष अन्त्य गर्न सरकारले विद्रोही समूहलाई ७२ घण्टाभित्र आत्मसमर्पण गर्न अल्टिमेटम दिएको थियो ।

विद्रोही र सरकारी सेनाबीच जारी संघर्षका कारण सयौंको मृत्यु भइसकेको छ भने ४० हजारभन्दा बढी मानिस विस्थापित भइसकेका छन् । सरकार र विद्रोहीका सैन्य गतिविधिले अझै बढी नागरिक पलायन हुने भन्दै विभिन्न दातृ निकायहरुले वार्ताबाट समस्या समाधानको पहल गर्न आग्रह समेत गरेका छन् । यता विद्रोही समूहले भने सरकारी चेतावनीको प्रतिकार गर्ने जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७