पृथ्वी सुब्बा गुरुङ प्रदेश-४को मुख्यमन्त्री नियुक्त


२९ माघ २०७४, सोमबार
Pritibi subba gurung

पोखरा, २९ माघ : एमाले प्रदेशसभा संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । Pritibi subba gurungसोमबार दिउँसो गुरुङले आफू मुख्यमन्त्रीको दाबेदार रहेको बताउँदै प्रदेश प्रमुख समक्ष संसदको हस्ताक्षर सहित दाबी पत्र पेश गरेकाे केहीबेरपछि  प्रदेश प्रमुख बाबुराम कुँवरले गुरुङलाई अघि मुख्यमन्त्री घोषणा गरेका हुन् ।

एमालेका २७ र माओवादी केन्द्रको १२ गरी ३९ जनाको हस्ताक्षर पोखराको सहिद चोकमा रहेको प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए ।

मुख्यमन्त्रीमा किरण गुरूङसँगकाे लामाे रस्साकसीपछि उनले मुख्यमन्त्रीमा बाजी मार्न सफल भए ।  पत्र बुझाउन एमालेका प्रदेश नं चारका संयोजक किरण गुरुङ र माओवादी केन्द्रका इन्चार्ज देव गुरुङ पनि साथै गएका छन्।

गुरुङलाई फूलमाला लगाएर बधाइ दिनेको सहिद चोकमा रहेको प्रदेश प्रमुखको कार्यालयमा घुँइचो लागेको छ । गुरुङले पर्सि मुख्यमन्त्रीको सपथ लिनेछन् ।ps gurung

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७