इन्डोनेसियामा शक्तिशाली ज्वालामुखी विस्फोट, २६ गाउँका हजारौं विस्थापित


१५ मंसिर २०७७, सोमबार
volcanoindonsia 20201129184118

काठमाडौं, १५ मंसिर । इन्डोनेसियाको पूर्वी नुसा तेंगारा प्रान्तस्थित शक्तिशाली ज्वालामुखी विस्फोट हुँदा यहाँका २६ वटा गाउँका बासिन्दा विस्थापित भएका छन् ।

स्थानीय मिडियाका अनुसार ज्वालामुखी विस्फोटका कारण स्थानीय हवाइ सेवा बन्द गर्न सरकारले निर्देशन दिइसकेको छ । साथै पर्यावरणीय सन्तुलनमा यसले गम्भीर असर पार्ने बताइएको छ ।

ज्वालामुखीबाट निस्किएको धुवाँले ४ हजार मिटर उचाइसम्म आकासमा ढाकेको छ । जसले गर्दा आसपासका मानिसहरुलाई सुरक्षित स्थानतर्फ जान भनिएको छ । ज्वालामुखी विस्फोटका कारण २६ गाउँका २ हजार भन्दा बढी घर छाडेर सुरक्षित स्थानतर्फ गएका छन् । विस्फोटबाट मानवीय क्षति नभए पनि आसपासका मानिसहरुलाई सावधान रहन आग्रह गरिएको छ ।

साथै विस्फोटको २ किलोमिटर वरपरसम्म कसैलाई पनि प्रवेश गर्न दिइएको छैन । इन्डोनेसियाको ग्रामिण भेगमा यसअघि पनि ठूला ज्वालामुखी विस्फोट हुँदा थुप्रै मानिस विस्थापित हुनुपरेको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७