ला लिगा : बार्सिलोना विजयी


१५ मंसिर २०७७, सोमबार
115691327 hi064570287

काठमाडौं, १५ मंसिर । स्पेनिस लिग फुटबलमा वार्सिलोनाले ओसासुनालाई ४–० ले हराएको छ । घरेलु मैदानमा बार्सिलोनालाई विजयी गराउन मार्टिन ब्रेथवेट, एन्टोनियो ग्रिजमन, फिलिप कौटिन्हो र लियोनल मेस्सीले एक एक गोल गरे ।

जितसँगै वार्सिलोना लिग तालिकाको सातौं स्थानमा उक्लिएको छ । वार्सिलोनाको ९ खेलबाट १४ अंक छ । ११ खेलबाट २४ अंक जोडेको रियाल सोसिडाड शीर्ष स्थानमा छ ।

सोसिडाडले गए राति भएको खेलमा भियारियालसँग १–१ गोलको बराबरी खेल्यो । ला लिगाकै अन्य खेलहरुमा सेल्टा भिगोले ग्रानाडालाई ३–१ ले हराउँदा गेटाफेले एथ्लेटिक बिल्बाओसँग १–१ गोलको बराबरी खेलेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७