अछाममा बस दुर्घटना : एकको मृत्यु, १७ घाइते


१५ मंसिर २०७७, सोमबार
bus accident 20200104144247

अछाम, १५ मंसिर । अछाममा आज (सोमबार) बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । धनगढी आउँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस अछाम चौरपाटी गाउँपालिका–७ मार्कुमा दुर्घटना भएको हो । बस साँपे–चौखुट्टे सडक खण्डबाट ६० मिटर तल खसेको थियो ।

दुर्घटनामा अछामकै साँफेबगर नगरपालिका–३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । उपचारका लागि बयालपाटा अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा थप १७ जना घाइते भएका छन् । उनीहरू सबैको बलयपाटा अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिए । यान्त्रिक खराबी हुँदा बस दुर्घटना भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७