केन्याको नेपाललाई १७८ रनको लक्ष्य, सन्दीपले लिए ५ विकेट


२९ माघ २०७४, सोमबार
IMG 2432 01

काठमाडौं, २९ माघ : आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा नेपालले केन्याविरुद्ध १७८ रनको लक्ष्य पाएको छ । सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै लिस्ट ए मा ५ विकेट लिएको डिभिजन टू को आजको खेलमा केन्याले नेपाललाई जितका लागि १७८ रनको लक्ष्य दिएको हाे।IMG 2432 01

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको केन्याले पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर १७७ रन बनाएको हो।

ओपनरद्वय एलेक्स ओबान्डा र इरफान करिमले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै केन्यालाई गतिलो सुरुवात दिलाएका थिए। तर सन्दीपले १६औँ ओभरको आफ्नो पहिलो स्पेशलमै ओबान्डाको विकेट लिदै केन्याको साझेदारी तोडेका थिए। उनले आफ्नो दोस्रो ओभरमा धिरेन गोन्डरियाको विकेट लिए भने ३३औँ ओभरको पहिलो र दोस्रो बलमा क्रमश : कप्तान राकेप पटेल र रुसन पटेलको विकेट लिएका थिए।

त्यसअघि केन्याका लागि सर्वाधिक ४२ रन बनाएका इर्फान करिमलाई बसन्त रेग्मीले ३३औँ ओभरको दोस्रो बलमा आउट गरेका थिए।criket

केन्याका लागि ओबान्डाले ४१ तथा कोलिन्स ओबुयाले २७ रन बनाए। नेल्सन ओढिएम्बो २४ तथा शेम एनगोचे २३ रनमा नटआउट रहे। यी दुईले नवौँ विकेटका लागि ३८ रनको साझेदारी गरे।

बलिङमा सन्दीपले १० ओभरमा ५ मेडन राख्दै २० रन मात्र खर्चेर सर्वाधिक ५ विकेटसँगै  सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषावकरले १-१ विकेट लिए।

नेपाल केहि बेरमा ब्याटिङ गर्न उत्रिनेछ । नेपालको ३ खेलमा एक हार र दुई जितसहित ४ अंक रहेको छ भने दुई खेलमा दुवै हारसहित केन्याले अझै अंकको खाता खोल्न बाकिँ रहेको छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७