कोरोनाबाट पोखरामा थप तीन जनाको मृत्यु


२४ मंसिर २०७७, बुधबार
korona death

पोखरा, २४ मंसिर । कोरोना भाइरस संक्रमणबाट कास्कीको पोखरामा थप तीन जनाको ज्यान गएको छ ।

पोखरास्थित गण्डकी मेडिकल कलेजमा दुई जना र फिस्टेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकी मेडिकल कलेजमा पोखरा महानगरपालिका–१४ का ७४ वर्षीय पुरूषको मंगलबार बिहान ७ः२५ बजे र पोखरा–१५ का ६७ वर्षीय पुरूषको बुधबार बिहान ४ः२० बजे मृत्यु भएको डा. शर्माले बताए । ७४ वर्षीय पुरूषमा मंसिर १७ र ६७ वर्षीय पुरूषमा मंसिर २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा महानगरपालिका–१६ की ५९ वर्षीया महिलाको फिस्टेल अस्पतालमा बुधबार बिहान ५ः२० बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७६ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७