क्यानाडा पठाई दिने भन्दै लाखौं ठग्ने भारतीय पुरुष र नेपाली महिला पक्राउ


२४ मंसिर २०७७, बुधबार
df67a20c8dd6241a814d2aea32c0d4f0 w1000 h500 cp

काठमाडौं, २४ मंसिर । रोजगारीका लागि क्यानाडा पठाई दिने भन्दै युवाहरुबाट लाखौं रुपैयाँ ठगी गर्ने एक भारतीय पुरुष र एक नेपाली महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्घाखाँचीको तिलगंगा–१ तल्लोटोल बस्ने रेनुका सारु र भारत पश्चिम बंगाल कलकत्ता बर्दमान घर बताउने शेख सम्सुर आलोन छन् । प्रहरीले उनीहरुलाई काठमाडौंको सुन्धाराबाट नियन्त्रण लिएको हो ।

पाल्पाको माथागडी गाउँपालिका– ४ घर भई हाल काठमाडौंको मनमैजु बस्ने खिन्तबीर सारुले सामाजिक सञ्जाल फेसबुकमार्फत रेनुकासँग चिनजान भएपछि कुरा गर्दै जादाँ उनले क्यानडा पठाई दिन्छु भनी विश्वासमा पारी क्यानडाको भिषा लागेको भन्दै नक्कली प्लेन टिकेट समेत देखाई रु १४ लाख रुपैयाँ ठगी सम्पर्कविहीन भएको अपराध महाशाखाले जनाएको छ ।

उनीहरुले अन्य तीन जना व्यक्तिहरुबाट १२ लाखको दरले रकम उठाई ठगी गरेको भन्ने बुझिन आएको भन्दै यदि कोही ठगीमा परेको भए सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७