पूर्व राजदूत लामाको कोरोनाबाट मृत्यु


२५ मंसिर २०७७, बिहीबार
kaman singh lama 0z0YUVpG56

काठमाडौं, २५ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएको छ ।

दक्षिण कोरियाका लागि पूर्व राजदूत तथा पूर्व सांसद लामाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।

कोरोना संक्रमणपछि उपचारत लामाको गए राति सवा १२ बजे निधन भएको हो । उनलाई करिब ३ साताअघि कोरोना संक्रमण देखिएको थियो । उनी २०४८ सालमा काभ्रेबाट निर्वाचित लामा त्यहाँ कम्युनिस्ट पार्टीका संस्थापमध्येका एक मानिन्छन् ।

लामा सुगर र प्रेसरका बिरामी थिए । लामा काभ्रेबाट दुई पटक सांसदमा विजयी भएका थिए । उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए । कोरियामा नै रहँदा उनको मिर्गाैलामा क्यान्सर समेत देखिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७