सनराइज बैंकको ५४ औं शाखारहित बैंकिङ्ग सेवा राजकोट बझाङमा


२६ मंसिर २०७७, शुक्रबार
Sunrise bank limited scaled

काठमाडौं, २६ मंसिर । सन्राइज बैंक लिमिटेडले बझाङ जिल्लाका जयपृथ्वी नगरपालिका–३, राजकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५४ पुगेको हो ।

बैंकले जयपृथ्वी नगरपालिका वडा नं ३,राजकोटमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा श्री विष्णु बहादुर खड्कालार्ई नियुक्त गरेको छ ।

बिहिवार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा पांण्डु माध्यमिक विद्यालय, पडेश, राजकोटका प्रधानाध्यापक राम बहादुर ऐडीको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा चैनपुर शाखाका अपरेशन इन्चार्ज नवराज रोकाया र अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।


हालसम्म सन्रराइज बैंकले १३९ वटा शाखा, ५४ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७