माछापुच्छ्रे बैंकको थप ६ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन


२५ मंसिर २०७७, बिहीबार
Machhapuchhre bank

काठमाडौं, २५ मंसिर। माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले स्याङजाको पुतलिबजार न.पा.–१२ पेल्काचौर, कपिलबस्तुको शिवराज न.पा.–१ शिवपुर, कपिलबस्तुकै बुद्धभूमि न.पा.–०९ बिजगौरीमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी, कन्चनपुर बेलौरी न. पा.–०३ गोकुलपुर, दार्चुलाको व्यास गा.पा.–०६ हुटी र जिल्लाकै मलिकार्जुन गा.पा.–०६ उकुमामा गरी ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामिण भेगका नागरिकमा बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखा रहित बैंकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ्ग सेवा थप भएसँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवा १४१ पुगेको छ ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखारहित सेवाहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिट्यान्स भुक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७