७० औँ मुक्ति दिवस जेष्ठ नागरिकलाई सम्मान


२४ मंसिर २०७७, बुधबार
mukti diwash 1

काठमाडौं, २४ मंसिर । ७० औँ मुक्ति दिवसको अवसरमा जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ । २००७ सालका क्रान्तिकारी प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको कमाण्डमा बिना रक्तपात राणाशासनको हातबाट भोजपुर जिल्लालाई मुक्त गरेको दिनको स्मरणमा प्रत्येक वर्ष मनाइने (मङ्सिर २४ गते) मुक्ति दिवसमा जननायक रामप्रसाद राईको जन्मस्थलका जेष्ठ ज्येष्ठ नागारिकलाई सम्मानसमेत गरिएको हाे ।

भोजपुरको बासीखोरामा रामप्रसाद राई स्मृति पार्क संरक्षण समितिले ७० औँ मुक्ति दिवस तथा रामप्रसाद राईको स्मृतिमा साकेला सिली प्रतियोगिता आयोजना गरेको छ । सोही अवसरमा

कार्यक्रममा २० जना स्थानीय ज्येष्ठ नागरिकलाई न्यानो कपडा र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । प्रतियोगितामा चार ओटा साकेला सिली समूहले भाग लिएका थिए । कार्यक्रममा सूर्यबहादुर राई, टीकारम राई, सुमन राईले मुक्ति दिवस र कार्यक्रमका बारेमा बोलेका थिए ।

यसै गरी बुधबार नक्सालस्थित द होप हर्मिटेजमा आश्रित अल्जाइमर पीडित जेष्ठ नागरिकहरूलाई न्यानो कपडा र मस्तिष्घातबाट पीडित युवा पवन कार्कीलाई औषधि लगायतका स्वास्थ्य सामग्री प्रदान गरी मुक्ति दिवस मनाइएको हो ।


रामप्रसाद राई स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा रामप्रसाद राईकी छोरी कृष्णकुमारी राई र बुहारी शिवकुमारी राईका हातबाट द होप हर्मिटेजकी सञ्चालिका दीपा देवानलाई न्यानो कपडा र औषधि प्रदान गरिएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष पासाङदोर्ची शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार पारुहाङ राई, महासचिव देवान राई, सदस्य ई। सञ्जीव रोकाहा लगायतले जननायक रामप्रसाद राई र मुक्ति दिवसबारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७