मन्त्री त्रिपाठी र भारतीय राजदूत क्वात्राबीच शिष्टाचार भेट


प्रकाशित मिति : December 31, 2020

काठमाडौं, १६ पुस । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेट भएको छ ।

नव नियुक्त स्वास्थ्यमन्त्री मा. हृदेश त्रिपाठीलाई राजदूत क्वात्राले मन्त्रालयमा शिष्टाचार भेट गर्दे बधाई तथा शुभकामना व्यक्त गरेका छन् । भेटमा दुवैले नेपाल–भारत सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । वर्तमान कोभिड–१९को विरुद्ध नेपाल र भारत मिलेर अगाडि बढ्ने गरी मुख्यतः कोभिड–१९को खोपका सम्बन्धमा पनि संवाद भएको छ ।

प्रतिक्रिया दिनुहोस्