सुर्नया गाउँपालिकाका अध्यक्ष बिष्टलाई कोरोना संक्रमण


१६ पुष २०७७, बिहीबार
Bir dai 20201231074809

बैतडी, १६ पुस । बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टलाई कोरोना संक्रमण भएको छ ।

गाउँपालिकाका इन्जिनियरमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब परीक्षण गरिएको थियो । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो । अध्यक्ष बिष्टको स्वास्थ्य अवस्था भने समान्य छ । आफू अहिले घरमै आइसोलेसनमा बसिरहेका अध्यक्ष बिष्टले जानकारी दिए ।

छिट्टै कोरोना जितेर काम फर्किने अध्यक्ष बिष्टले बताए । आफूमा कोरोना पुष्टि भएपछि आफ्नो सम्पर्कमा रहेकाहरुलाई कोरोना परीक्षण गर्न पनि अध्यक्ष बिष्टले आग्रह गरेका छन् । अहिले आफूले घरायसी जडीबुटी र तातोपानीको प्रयोग गरिरहेको उनले बताए ।

यसअघि गाउँपालिकाका इन्जिनियर कपिलदेव भट्टमा कोरोना पुष्टि भएपछि गाउँपालिकाले एक हप्ताका लागि सम्पूर्ण सेवा बन्द गरिसकेको छ । गाउँपालिकाले पुस १४ गते एक सूचना जारी गर्दै पुस २१ गतेसम्मका लागि सेवा बन्द गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७