चीनमा पनि भेटियो कोरोनाको नयाँ प्रकार


१७ पुष २०७७, शुक्रबार
b8b31e452eb64560a59cd9e6852910cf 18

काठमाडौं, १७ पुस । चीनमा कोरोना भाइरसको नयाँ भेरियन्टको पहिलो संक्रमित फेला परेका छन् । कोरोना भाइरसको संक्रमणको सुरुवात एक वर्ष अघि चीनबाट नै भएको थियो , त्यसपछि यो संसारभरी फैलिएको हो । तर यो नयाँ भेरियन्टका सबैभन्दा धेरै संक्रमित बेलायतमा भेटिएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार चीनमा यो नयाँ भेरियन्टको पहिलो संक्रमित भेटिएका छन् । चाइनीज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको एक वक्तव्यलाई उद्धृत गर्दै यस्तो दाबी गरिएको छ ।

संसारका धेरैजसो देशले हाल बेलायतमाथि यात्रा प्रतिबन्ध लगाएको छ । नयाँ भेरियन्ट पहिलाको तुलनामा ४० देखि ७० प्रतिशतसम्म तीब्र गतिमा फैलने बताइएको छ ।

चीनमा यो नयाँ भेरियन्ट एक २३ वर्षीयामा महिलामा भेटिएको हो । यी महिला बेलायतबाट चीन फर्किएकी थिइन् । चीनमा यो पहिलो मामिला हो तर पनि चीन यो विषयमा निकै सतर्क छ । चीनले बेलायतका लागि सबै उडान हालका लागि स्थगित गरिदिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७