गौचनको हत्यारालाई कारबाही गर्न माग,अन्य ठेकेदारलाई पनि मार्ने धम्की


२४ आश्विन २०७४, मंगलवार

काठमाडौँ: नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यारालाई तत्काल कारबाही गर्न उक्त महासंघले सरकारसँग माग गरेको छ ।Sharad Kumar Gauchan 1

महासंघका पदाधिकारीले मगंलवार प्रधानमन्त्री शेरबहादुर देउवासंग प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर गौचनलाई शहीद घोषणा गर्न, हत्यारालाई तत्काल खोजी कारबाही गर्न र निर्माण व्यवसायीको सुरक्षाको प्रत्याभूति दिन माग गरेका हुन् ।

अध्यक्ष गौचनको हत्याका साथै अन्य पदाधिकारीलाई विभिन्न फोन नम्बरबाट मार्ने सम्मको धम्की दिने प्रवृत्तिले असुरक्षा भएको भन्दै सुरक्षा प्रबन्ध मिलाउन महासंघले प्रधानमन्त्रीसमक्ष अनुरोध गरेको महासंघका महासचिव रामशरण देउजाले बताए ।

भेटमा प्रधानमन्त्री देउवाले निर्माण व्यवसायीको सुरक्षा दिन सरकार तयार रहेकाले हतोत्साहित नहुन व्यवसायीलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दे महासचिवले देउजाले जानकारी दिए । “प्रधानमन्त्री ज्यूले व्यवसायीको सुरक्षाका लागि सुरक्षा प्रमुखसँग कुरा गरेको छु भने”– उनले भने ।

यस्तै महासंघले अध्यक्ष गौचनको निधनमा तीन दिन निर्माणका सबै काम बन्द गर्ने निर्णय गरेको छ । सोमबार महासंघको कार्यालयमा बसेको आकस्मिक बैठकले अनिश्चितकालका लागि बोलपत्रमा सहभागी नहुने निर्णय समेत गरेको छ ।

महासचिव देउजाले घटनाका दोषी पत्ता नलगाएसम्म आफूहरुले शव नबुझ्नेसमेत बताए । गौचनको शव अहिले परीक्षण लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

महासंघले सोमबार राति गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखसँग भेटेर गौचनको हत्यारालाई शिघ्र कारबाहीको दायरमा ल्याउन माग गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७