हाम्रै समुदायका केही व्यक्तिले किरात राई बिधार्थी र यायोख्खालाई घेराबन्दी गरिहेको छ : जीतेन राई


१९ पुष २०७७, आईतवार
jiten rai

काठमाडौं, १९ पुस । किरात राई विद्यार्थी संघका केन्द्रीय अध्यक्ष जीतेन राईले किरात राई बिधार्थी संघ र माृतसंस्था यायोख्खालाई घेराबन्दी गरिहेको बताएका छन् । संघको उपत्यका कार्यसमितिद्धारा प्रकाशित ‘यलेलाम’ बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष राईले आफनै समुदायका केही व्यक्तिहरु संस्थालाई कमजोर पार्न घेराबन्दी गरिहेको बताएका हुन् ।

उनले भने, ‘पहिचानको नाममा राजनीति गर्ने हाम्रो समुदायले किरात राई बिधार्थी संघ र यायोख्खालाई घेराबन्दी गरिहेको छ । यस घेराबन्दीको बीचमा शसक्तरुपमा किरात राई विद्यार्थी संघ र यायाेख्खाले कार्यक्रम गरिरहेको छ । उत्पीडित वर्गको समुदायको पक्षमा छ । सामाजिक सञ्जालमा छरिन्ने भ्रमले केही हुने होला छैन । आन्दोलन रोकिन्ने छैन । हाम्राे कार्य कुनै व्यक्ति, पार्टी प्रति लक्षित छैन । ’

उनले समुदाय पक्षमा निरन्तर कार्य गरिरहेको संस्थालाई हिलो छयाप्ने, बदनाम गर्ने प्रयास गरिहेको बताए । उनले भने,‘ उत्पीडित वर्ग र समुदायको पक्षमा गरिरहेको आन्दोलनलाई कमजोर बनाउनु विभिन्न ढँगबाट षडयन्त्र भइरहेको छ । तर यस आन्दोलनमा किरात राई विद्यार्थीसँग लडिरहेको छ ।’
उनले यलेलाम प्रकाशनले संघले गरिरहेको कामको दस्तावेजिकरणमा महत्वपुर्ण भुमिका निर्वाह बताए । संघले माृतभाषामा शिक्षा अभियानसँगै राष्ट्रिय जनगणनाको अभियानमा लागिरहेको उनले बताए । उनले भने,‘ राष्ट्रिय जनगणनाको अभियान लिएर चाँडै गाउँ–गाउँमा जाँदैछौ । यो एउटा जनगणना मात्र होइन । जनगणनामा राजनीति समेत भइरहेको छ । यसलाई चिनुपर्छ । यसलाई ऐतिहासिक अवसरको रुपमा प्रयोग गर्नुपर्छ । हाम्रो समुदायमा पनि थुप्रै भ्रमहरु छ । यसलाई चिर्ने अवसरको रुपमा लिनुपर्छ । ’

यस्तै कार्यक्रममा ‘यलेलाम’मा किरात समुदयको मात्रै नभएर गैरकिरात पूर्वदेखि पश्चिमसम्मका सबै विषेश पहिचानयुक्त स्तम्भहरू समेटिएकाले यो एउटा राम्रो पुस्तक भएको यायोक्खाका अध्यक्ष दिवस राईले बताए । उनँले भने, ‘पहिचाहनको क्षेत्रमा राष्ट्रिय रुपमा किरात समुदयको मात्रै नभएर गैरकिरात पूर्वदेखि पश्चिमसम्मका सबै विशेष पहिचानयुक्त स्तम्भहरू लेखिएका छन्, जसले गर्दा ‘यलेलाम’ एउटा राम्रो पुस्तक बनेको छ ।’

पछिल्लो समय इतिहास लेखन, इतिहासको खोजी र त्यसको अभिलेखिकरणमा पर्याप्त ध्यान नपुगेको बेला किरावि संघ उपत्यका कार्य समितिले ‘यलेलाम’ प्रकाशन गर्नु भनेको एउटा ठूलो कोसेढुंगा भएको युवा नेता काङमाङले बताउनुभयो । ‘किरातीहरुले आफ्नो मान्यजनहरूको मृत्यु हुँदा चौतारमा आफ्नो वंश मृत्युको कार्य लेख्दछ, त्यो नामेट हुन्छ । तर पछिल्लो कालखण्डमा इतिहास लेखन, इतिहासको खोजी र त्यसको अभिलेखिकरणमा हाम्रो पर्याप्त ध्यान पुग्न सकेको छैन,’ उनले भने, ‘उपत्यका कार्य समितिले आज ‘यलेलाम’ विमोचन गरेको छ, यो एउटा ठूलो कोसेढुंगा हो ।’

प्राध्यापक डा. तारामणि राईले ‘यलेलाम’ प्रकाशन कागजात हिसाबले महत्वपूर्ण काम भएको बताए । ‘यो डकुमेन्डटेसनको हिसाबले महत्वपूर्ण काम भएको छ, जति पनि मैखिक कुराहरूलाई अबको समयमा डकुमेन्डटेसन गर्नुपर्छ, किन भने खाली यो किताब लेख्ने, छाप्ने कुरा मात्रै छैन । जति गतिविधिहरू हामीले गर्छाैँ, डकुमेन्डटेसन गरेनौं भने त्यसको सार्थकता रहदैन ।’

उपत्यका कार्य समिति अध्यक्ष तथा कार्यक्रमका सभापति सुभमनासुङ राईले ‘यलेलाम’मा किरात समुदयको मात्रै नभएर गैरकिरातको पनि महत्वपूर्ण विषयबस्तुहरू समेटिएको बताए । ‘यहाँ किरात समुदयको मात्रै नभएर गैरकिरातको पनि महत्वपूर्ण चिजहरु समेटिएको छ,’ उनले भने, ‘पश्चिमको गैर पर्व, खसहरूले मान्ने मस्टो पूजा, खेल, साहित्य, मनोरञ्जन, संघर्ष र संगठनको अन्तिरिक गतिविधि सबै समेटिएका छौँ ।’

अध्यक्ष सुभमनासुङ राईले ‘यलेलाम’का लागि लेख, रचना, विचार उपलब्ध गाइदिने सम्पूर्ण लेखकहरूप्रति आभार पनि व्यक्त गरे ।

कार्यसमितिले ‘यलेलाम’ किरात राई यायोक्खाका अध्यक्ष दिवस राईको प्रमुख आतिथ्यतामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य युवा नेता अजम्बर काङमाङ राई, त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान, केन्द्रीय विभागमा प्राध्यापक डा। तारामणि राई, किरात राई विद्यार्थी संघका अध्यक्ष जितेन राई, किरावि संघका सल्लाहकार तथा पूर्व महासचिव डेकेन्द्र कुमार राई, राष्ट्रिय खेलकुद परिषद्क, राष्ट्रिय टिम तयारीको निर्देशक महेन्द्र कुमार राई लगायतको उपस्थितिमा लोकार्पण गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७