बाइडेनले लगाए कोरोना भाइरस भ्याक्सिनको दोस्रो डोज


२८ पुष २०७७, मंगलवार
joe biden vaccination VmOtkIr0gm

काठमाडौं, २८ पुस । आउँदो २० जनवरीमा अमेरिकाका राष्ट्रपति बन्न लागेका जो बाइडेनले कोरोना भाइरस भ्याक्सिनको दोस्रो डोज लगाएका छन् । बाइडेनको ट्रान्जिसन टीमले यसको जानकारी दिएका हुन् ।

बाइडेनको यो डोज डेलावरमा उनको घर नजिकैको अस्पतालका चीफ नर्सले दिएका हुन् । यतिबेला उनले त्यहाँ उपस्थित मिडियासँग संसद भवनमा भएको आक्रमणबारे प्रतिक्रिया दिँदै भने, ‘मलाई लाग्छ, जुन मानिसहरुले यो विद्रोहलाई भड्काए र मानिसहरुको ज्यान खतरामा पारे, सार्वजनिक सम्पत्तिमाथि क्षती पुर्‍याए, उनीहरुलाई पक्राउ गर्न निकै महत्वपूर्ण छ, उनीहरुलाई यसका लागि जवाफदेह ठहर गर्न अत्यावश्यक छ ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७