संवैधानिक इजलास पुनर्गठन : सपना मल्ल प्रधानको ‘इन्ट्री’


२९ पुष २०७७, बुधबार
Sapana Malla Pradhan 20200308120426

काठमाडौं, २९ पुस । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा न्यायाधीश सपना मल्ल प्रधानलाई राखेका छन् ।

यसअघि इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्की कन्फिल्ट अफ इन्ट्रेटको विषय उठेपछि बाहिरिएका थिए । यसअघि इजलासमा राखिएका न्यायाधीश कार्की केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता बनेकाले स्वार्थ बाझिन सक्ने भन्दै अधिवक्ताहरुले प्रश्न उठाएका थिए । त्यसपछि अघिल्लो पटकको सुनुवाइमा कार्की आफैंले आफू इजलासमा नबस्ने घोषणा गरेका थिए ।

प्रधानन्यायाधीश जबराले इजलासमा अन्य भने पुरानै न्यायाधीशलाई निरन्तरता दिएका छन् । उनीहरुमा विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७