ग्राण्डीद्वारा ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार शुरु


२९ पुष २०७७, बुधबार
Grandi hospital

काठमाडौं, २९ पुस । काठमाडौंको टोखामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार शुरु गरेको छ । ग्राण्डीले दाँतमा लागेको चोटपटक चाँडो निको बनाउनका लागि मङ्गलबारदेखि यस विधिबाट उपचार शुरु गरेको हो ।

अस्पतालका रक्तसञ्चार केन्द्रका प्रमुख डा. विपीन नेपालले व्यक्तिकै रगत निकालेर ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार गर्दा चाँडो निको हुने भएपछि सो विधि ग्राण्डीले शुरु गरेको जानकारी दिए । दाँतको शल्यक्रिया गर्दा यस विधिबाट छिटो निको हुने गरेको उनको भनाइ छ ।

ग्राण्डीले विसं २०७३ मा आफ्नै रक्तसञ्चार केन्द्र स्थापना गरी अस्पतालमा हुने शल्यक्रियाका लागि रगत पुर्याउँदै आएको छ । अस्पतालले हरेक हप्ता शनिबार काठमाडौँ,उपत्यका तथा उपत्यका बाहिरका विभिन्न स्थानमा रक्तदान कार्यक्रम समेत आयोजना गर्दै आएको छ ।

अस्पतालले रगत अभावका कारण कोही बिरामीले पनि मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले उपत्यकाका विभिन्न सरकारी अस्पतालमा आवश्यक पर्ने रगतसमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ । ग्राण्डीले आगामी दिनमा प्लाष्टिक सर्जरी र ढिलो निको हुने घाउमा समेत सो विधिमार्फत उपचार गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७