नेपाललाई कोरोनाको दुई करोड ५० लाख डोज खोप दिन रुस तयार


२९ पुष २०७७, बुधबार
k 1

काठमाडौं, २९ पुस । रुसले कोरोना भाइरसविरुद्धको दुई करोड ५० लाख डोज खोप नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ ।

रुसको विदेश मन्त्रालयले आफूहरु स्पुतनिक भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । स्पुतनिक भी खोप रुसले विकास गरेको खोप हो । यो खोप रुस, बेलारुस, अर्जेन्टिनालगायतका देशले प्रयोग गर्न थालिसकेका छन् ।

यो खोप ५० भन्दा बढी देशले झण्डै डेढ अर्ब डोज माग गरिसकेका रुसले जनाएको छ । रुसले स्पुतनिक–भी खोपको चिकित्सकीय परीक्षण गर्दा ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी रुसले गरेको छ । खोपको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिडोज १० अमेरिकी डलर पर्ने रुसले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७