ओली नौटङ्की र जोक्करमा परिणत भए : अध्यक्ष प्रचण्ड


२९ पुष २०७७, बुधबार
Prachanda

काठमाडौं, २९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘नौटंकी’ र ‘जोक्कर’ मा परिणत भएको बताएका छन् ।

उनले अहिलेका सचेत नागरिक ‘नौटङ्की’ र ‘जोक्कर’ को पछाडि कोही नलाग्ने समेत दाबी गरे । आज (बुधबार) नेकपा काठमाडौंले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ७० वर्षको राजनीतिक आन्दोलनको उपलब्धिका रुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान धरापमा परेको बताउँदै त्यसलाई जोगाउन संघर्ष गर्नुपर्ने बताए । अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा विघटनपछि राष्ट्र र जनतामा देखा परेको संकटलाई समधान गर्ने उपयबारे र यो संकटबाट बाहिर निस्कन उपयबारे छलफल गर्ने उपस्थित भएको बताए ।

‘हामी यहाँ कुनै प्रहसन देखाउन जुटेका छैनौँ, हामी यहाँ उखानटुक्का गरेर हँसाउनका लागि कमेडी शो गर्न पनि उपस्थित भएका छैनौँ, हामी मानिसहरुलाई दिग्भ्रमित पार्ने, उद्देलिन पार्ने, उत्तेजित पार्ने पार्नै कुराका निम्ति पनि यहाँ जुटेका होइनौं’, अध्यक्ष प्रचण्डले भने, ‘हामी आज राष्ट्र र जनतामा देखापरेको संकटलाई समधान गर्ने उपयबारे छलफल गर्न र यो संकटबाट बाहिर निस्कन उपयबारे छलफल गर्ने उपस्थित भएका छौं ।’

देश र जनतासामु आइपरेको संकट समाधानका लागि जुठेका हौँ । हामी गम्भीर छौं । हाम्रै आँखा अगाडि संविधान, लोकतन्त्र र गणतन्त्रमाथि प्रहार भएको छ । हाम्रै पार्टीले निर्वाचित गरेको प्रधानमन्त्री र अध्यक्षबाट संविधानमाथि प्रहार भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७