ओलीलाई प्रचण्डको चुनौती : पार्टीले कुन काममा भाँजो हाल्यो एउटा प्रमाण दिनुस्


२९ पुष २०७७, बुधबार
prachanda bhasan

काठमाडौं, २९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाको अर्को समूहको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिन चुनौती दिएका छन् ।

प्रतिनिधिसभा भंग गर्दा प्रधानमन्त्री ओलीले पार्टीले घेराबन्दी गर्‍यो, काम गर्न दिएन भनेर आरोप लगाएको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘केपी ओलीजीलाई मेरो चुनौती छ, पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिनुस् । कुन काममा भाँजो हाल्यो ?’

बरु पार्टीले यसो गरौं भन्दा त्यसविपरीत चलेको उनले बताएछ । देश कोरोना महामारीमा रहेका बेला सबैलाई समेटेर संयन्त्र बनाउँ भन्दा आफूलाई व्यंग्य गर्दै हिँडेको उनले स्मरण गरे । प्रचण्डले भने, ‘पार्टीका नेताहरुको विश्वास लिन किन सकिँन भनेर केपी ओलीले हेर्नु पर्दैन ?’

यदि ओलीले भनेको जस्तै पार्टीले काम गर्न नदिएकै भए पनि उनका सामू नेताहरुको विश्वास लिने वा बहुमत सदस्यहरुलाई गो अहेड भनेर राजीनामा दिनुपर्ने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रबाट विरोध र व्यवधान खडा गरिएका कारण सरकारले सोंचे जसरी काम गर्न नसकेको बताउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७