रियल म्याड्रिडलाई हराउँदै एथ्लेटिको बिलबाओ फाइनलमा


२ माघ २०७७, शुक्रबार
thumb 2

काठमाडौं, २ माघ । एथ्लेटिको बिलबाओले स्पेनी सुपरकपको फाइनलमा बार्सिलोनाको सामना गर्ने भएको छ । उसले बिहीबारको सेमिफाइनलमा रियल म्याड्रिडलाई २–१ ले हरायो ।

बिलबाओका लागि राउल गार्सियाले दुई गोल गरे । खेलको अन्त्यतिर करिम बेन्जेमाले रियलका लागि एक गोल फर्काए । सुरुमा यसले मान्यता नपाएपछि ‘भार’ ले यसलाई गोलको संज्ञा दिएको थियो ।

यसअघि बार्सिलोनाले अर्को सेमिफाइनलमा रियल सोसिडाडलाई टाइब्रेकरमा हराएको थियो । फाइनल आइतबार सेभियामा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७