नेपालमा कोरोना खोप ‘कोभिसिल्ड’ लाई अनुमति


२ माघ २०७७, शुक्रबार
covishield vaccine

काठमाडौं, २ माघ । औषधि व्यवस्था विभागले नेपालमा कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई विभागले आपतकालीन अनुमति दिएको हो ।

विभागले दुई दिन अघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो । कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । भारतले यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७