भारतमा कोरोना खोप लगाएका ५२ जनामा स्वास्थ्य समस्या, एक जना गम्भीर


४ माघ २०७७, आईतवार
corona vaccine india

नयाँदिल्ली, ४ माघ । भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा स्वास्थ्य समस्या देखिएको छ । एक जनाको अवस्था गम्भीर भएको छ ।

भारतमा शनिबारदेखि कोरोना खोप दिन शुरु गरिएको थियो । पहिलो दिन स्वास्थ्यकर्मी र सफाइकर्मीलाई कोरोना खोप दिइएको थियो । दुई जना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको थियो । राजधानी नयाँ दिल्लीका ११ जिल्लाका ८ हजार ११७ जनालाई पहिलो दिन खोप लगाइएको थियो । तीमध्ये ४ हजार ३१९ जना कर्मचारी दिए । तर ५२ जनालाई खोपको साइडइफेक्ट देखिएको थियो ।

पश्चिम बंगाल, तेलंगना, राजस्थानलगायतका स्थानमा पनि कोरोना खोप लगाएपछि साइडइफेक्ट देखिएको थियो । स्वास्थ्य विभागका अनुसार पश्चिम बंगालमा करिब १५ हजार ७०७ स्वास्थ्यकर्मीलाई खोप दिइएको थियो । तीमध्ये एक जनाको स्वास्थ्य बढी खराब भएको थियो । उनलाई उपचार गर्न एक मेडिकल कलेजमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले कोरोनाका दुई खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ (कोभिसिल्ड र कोभ्याक्सिन । अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोना खोपको भारतीय संस्करण कोभिसिल्ड हो । यो खोप भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ । कोभ्याक्सिन भारत बायोटेकले विकास गरेको कोरोना खोप हो ।
भारतमा पहिलो दिन १ लाख ९१ हजार बढीलाई कोरोनाको भ्याक्सिन
केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोनाको खोप अभियान अन्तर्गत पहिलो दिन एक लाख ९१ हजार भन्दा बढीलाई कोभिड–१९ को भ्याक्सिन दिइएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार खोप अभियानको पहिलो दिन ३,३५१ सेसन भए जसमा कोभ्याक्सिन र कोभिशिल्ड दुबै भ्याक्सिनको प्रयोग गरियो । भारतीय खोप अभियानलाई संसारको सबैभन्दा ठूलो खोप अभियान बताइँदैछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७