कुट्टोले हानेर श्रीमती हत्या आरोपमा पक्राउ


४ माघ २०७७, आईतवार
pakrau
फाइल फोटो

पाल्पा, ४ माघ । कुट्टोले हानेर श्रीमतीको हत्या गरेको आरोपमा पाल्पामा एक व्यक्ति पक्राउ परेका छन् ।

५७ वर्षीया श्रीमती रमाकुमारी दराईको हत्या गरेको अभियोगमा रामपुर नगरपालिका–५ बेजाड का बुद्धि दराईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बुद्धिले शनिबार साँझ कुटोले प्रहार गर्दा रमा गम्भीर घाइते भएकी थिइन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै पुगेको प्रहरीको टोलीले उनको उद्दार गरी उपचारका लागि रामपुर अस्पताल पठाएको थियो । बुद्धिलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७